Advertisement

सरकार लोकतन्त्रविरोधी बाटोमा, उम्लिएको दूधजस्तै पोखिन्छ- एमाले अध्यक्ष ओली

Advertisement

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालले देशको लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्‍याएको आरोप लगाएका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैली लोकतन्त्रविरोधी र फासीवादी प्रवृत्तितर्फ उन्मुख रहेको दाबी गरे।

उनले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर सर्वसाधारणलाई दुःख दिएको तथा बालबालिकाको भविष्यसमेत प्रभावित बनाएको आरोप लगाए। सरकारको अहंकारी कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले वर्तमान सरकारलाई ‘उम्लिएको दूध’सँग तुलना गरे।

अध्यक्ष ओलीले मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको, बजेटमा सतही योजना मात्र समेटिएको तर कार्यान्वयनमा कुनै उल्लेखनीय प्रगति नभएको टिप्पणी गरे। दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन र प्रशोधन प्रक्रिया अघि नबढाउँदा मुलुकले दैनिक अर्बौं रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाइरहेको दाबी गर्दै उनले सरकारलाई अकर्मण्य भएको आरोप लगाए।

उनले भने, “अहिले मुलुकमा खुसी हुने कुनै ठाउँ छैन। अहिलेको सरकार उम्लिएको दूधजस्तै छ, यो पोखिन्छ। यसका खुट्टा भुइँमा छैनन्। हामीले शिलान्यास गरेका आयोजना उद्घाटन गर्नसमेत यो सरकारलाई अप्ठ्यारो परेको छ।”

देशको वर्तमान अवस्था निराशाजनक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारमा कर्तव्यबोधको अभाव रहेको र यही कारण मुलुक सही दिशामा अघि बढ्न नसकेको दाबी गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज