Advertisement

जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

Advertisement

बझाङ- जिल्ला अस्पताल सिमखेतको अध्यक्षमा विरेन्द्र बहादुर खड्का चयन भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासन प्रवर्द्धनमा अनुभव हासिल गरेका खड्का अध्यक्षमा नियुक्त भएसँगै स्वास्थ्य क्षेत्रप्रति नयाँ अपेक्षा बढेको छ।

जयपृथ्वी नगरपालिका–३, बझाङका स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) तथा पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड उत्तीर्ण गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुका विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

विद्यार्थी आन्दोलनको क्रममा उनले कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवको भूमिका निर्वाह गरेका थिए। अहिले खड्का नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका छन् ।

खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गर्दै गाउँपालिकाहरूमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेका छन्। साथै, सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी जवाफदेहिता सम्बन्धी विभिन्न कार्यक्रमहरूमा संलग्न रहेका उनी बझाङ जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा पनि पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिमा सक्रिय रहँदै आएका छन्।

नवनियुक्त अध्यक्ष खड्काले अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण तथा जनविश्वास अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताएका छन्। उनले भने, ´अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने दिशामा सबै सरोकारवालासँग सहकार्य गर्नेछु ।` स्थानीयवासीले भने खड्काको नेतृत्वमा जिल्ला अस्पतालले नयाँ गति लिने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज