Advertisement

मेल्लेखका आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता- एमाले उम्मेदवार दिपक साउँद

Advertisement

अछाम- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अछाम–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदले मेल्लेखको पक्षमा विगतमा निर्वाचित जनप्रतिनिधिहरूले संसदमा प्रभावकारी आवाज नउठाएको आरोप लगाएका छन्।
मेल्लेख गाउँपालिकाको मेल्लेखमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै साउँदले घरदैलो अभियानका क्रममा जनताबाट यस्तो गुनासो व्यापक रूपमा आएको बताए। “जनताले आफूलाई प्रश्न सोधेका छन्- अहिलेसम्म जितेर गएका जनप्रतिनिधिले मेल्लेखका लागि संसदमा एक शब्द पनि बोलेनन्,” उनले भने।
उनले मेल्लेखलाई चुनावका बेला मात्र सम्झिने र निर्वाचित भएपछि बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै नेताहरूले बारम्बार जनतालाई झुक्याउँदै आएको आरोप लगाए। अब जनता सचेत भएर साँचो जनसेवक छान्नुपर्ने समय आएको उनको भनाइ थियो।
साउँदले आफू निर्वाचित भए जनस्तरमै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मेल्लेखका आधारभूत आवश्यकता पूरा गर्ने, सडक सञ्जाल स्तरोन्नति तथा नयाँ सडक निर्माण गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै उत्पादित कृषि सामग्रीको बजारीकरण सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरे। जिल्लामै प्राविधिक शिक्षाको व्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता छ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले सुत्केरी व्यथा लाग्दा हप्तौँसम्म उपचार नपाउने अवस्था अन्त्य गरिने बताए। “पहुंचयोग्य र उचित अस्पतालको व्यवस्था गरिनेछ,” उनले भने।
राजनीति सेवा हो, व्यवसाय होइन भन्ने धारणा राख्दै साउँदले केही व्यक्तिले राजनीतिलाई पेशा–व्यवसाय बनाएको टिप्पणी गरे। “राजनीति गाली गर्नु होइन, गाली खानुपर्ने क्षेत्र हो; कुटपिट गर्नु होइन, कुटाइ खान तयार हुनुपर्ने क्षेत्र हो,” उनले भने, “राजनीति व्यापार होइन, जनसेवा हो।”
उनले सबै विद्यालय टिनरहित बनाउने, रोजगारी सिर्जना गर्ने, विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण बनाउने तथा जनताको नैसर्गिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। जनताका आवाज संसदमा सशक्त रूपमा उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम- १ का जनताले जनसेवक रोज्ने विश्वास व्यक्त गर्दै साउँदले आफ्नो जीवन जनसेवामा समर्पित गरेको दाबी गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज