Advertisement

ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

Advertisement

एस आर भट्ट – काठमाडौं,
ट्राफिक प्रहरी प्रभाग कलंकी, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक नियमको पालना गर्न आम नागरिकलाई प्रेरित गर्नु रहेको कार्यक्रम का प्रमुख अतिथि एआइजीपी ईश्वर कार्की ज्यूले बताउनु भयो
सुदुरपश्चिमका डेउडा गायक तथा बौद्धिक व्यक्ति रोहित ढुंगाना गायीका गौरी भट्ट लगायत सुदुर पश्चिमका आधा दर्जन कलाकार स्थानीय बासिन्दा, सवारी चालक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ट्राफिक प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको महत्त्व, सुरक्षित यात्राको आवश्यकता लगायत विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए।
साथै, ट्राफिक सचेतना सन्देशमूलक नाटक, गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरू पनि  प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूलाई मनोरञ्जनसँगै सशक्त सन्देश प्रदान गरेको थियो।
ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक राजीव बस्नेत ज्यूले सडक सुरक्षाका लागि प्रहरी मात्र नभई सम्पूर्ण नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गर्नुभयो।
यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच विकास भई दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी कलाकार, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन साथै सम्मान पत्र वितरण गरी कार्यक्रम औपचारिक रूपमा समापन काठमाडौं उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष ज्यूले गर्नु भयो ।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज