काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल दुबईमा बिहान सवा ११ बजे सुरू हुनेछ।
यूएईमा नेपाल, अमेरिका र घरेलु टोली यूएईबीच लिग- २ अन्तर्गतको श्रृंखला जारी छ। श्रृंखलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। त्यसपछि बिहीबार यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले हार्यो।
नेपालले श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार यूएईविरुद्ध खेल्नेछ। त्यसपछि टोली स्वदेश फर्कनेछ।
लिग- २ को अंकतालिकामा नेपालले १८ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ। शीर्ष स्थानमा अमेरिका २२ खेलमा ३२ अंकसहित अग्रस्थानमा छ भने यूएई १८ खेलमा ८ अंकसहित अन्तिम स्थानमा छ।

