बझाङमा केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।
जिल्लाको दातोला केन्द्रबिन्दु भएर ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। भूकम्पका कारण क्षति भए नभएका अहिलेसम्म कुनै बिवरण आउन सकेको छैन ।

