Advertisement

धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

Advertisement

धनगढी- कैलालीको धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुनेभएको छ। “भाषा, संस्कृति र पर्यटन हाम्रो पहिचान–संरक्षण र विकास हाम्रो अभियान” भन्ने नाराका साथ बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेल- २०८२ धनगढीमा हुने भएको हो ।
उक्त सम्मेलन सुर्मादेवी बझाङी समाज धनगढीको आयोजनामा, बझाङी समाज काठमाडौंको तत्त्वावधानमा तथा बझाङी समाज अत्तरिया र अन्य सरोकारवालाहरूको सहकार्य र समन्वयमा उक्त सम्मेलन कार्तिक १ गते सनिवार आयोजना गर्न लागिएको जनाइएको छ ।
सम्मेलनमा बझाङी समुदायको मौलिक भाषा, संस्कृति र पर्यटनका सम्भावना विषयमा कार्यपत्र प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुति, नृत्य र झाँकी प्रदर्शन हुने बताइएको छ।
आयोजक समितिका अनुसार, यस सम्मेलनले बझाङी समुदायको पहिचान, भाषा संरक्षण, सांस्कृतिक उत्थान र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ, भने बझाङी पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ ।

सम्मेलनमा बझाङी समाजका अग्रज, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।
कार्यक्रम ऋद्धि सिद्धि पार्टी प्यालेस, धनगढी, कैलालीमा बिहान ८ बजेबाट सुरु हुनेछ।
मूल आयोजक समारोह समितिले उक्त ऐतिहासिक कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रण गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज