पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…
देउरा- बझाङमा पश्चिम सेती जलविद्युत परियोजना अन्तर्गत पश्चिम सेती सरोकार समाजको बैठक बसेको छ ।
केदारस्यूँ गाउँपालिका-१ देउरमा मंगलबार वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि रिपोर्ट संकलन लगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो ।
समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले तथ्यांक संकलन, सेयर वितरण र सार्वजनिक सुनुवाइ सम्बन्धि छलफल गरेको जनाइएको छ।
भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले निर्माण गर्ने पश्चिम सेती जलविद्युत परियोजनाको वातावरणीय अध्ययन गरि डिपिआर(DPR) निर्माणका लागि आयोजनाबाट प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने भएको छ । उक्त क्षेत्रमा रहेका आर्थिक,भौतिक, सांस्कृतिक, धार्मिक, जल, वातावरणफ जंगल,बाटोघाटो,बिरुवा, जग्गाजमिन गरि सबै पक्षको तथ्यांक संकलन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
प्रभावित क्षेत्रमा केदारस्यूँ गाउँपालिका वडा नं १, २ थलारा गाउँपालिका ...











