Advertisement

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

Advertisement

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए ।

फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए ।

घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने सञ्चारकर्मीलाई पनि किशोरले अप्ठेरो हुने भन्दै टारिरहेका थिए ।

इजरायल र हमासबीच युद्धविरामको समाचार सुन्नेबित्तिकै विपिनका बुबा महानन्द निकै उत्साहित देखिन्थे । युद्धविरामसँगै बन्दीहरू रिहाइ हुने खबर सुनेदेखि निकै आशावादी रहेका उनी छोरालाई देख्न पाउनेमा आशावादी थिए । ‘यो दुई वर्षमा हाम्रा लागि एक/एक पल निकै संघर्षपूर्ण रह्यो,’ दुई दिनअघि महानन्दले भनेका थिए, ‘हामीले एक/एक दिन गन्ती गरेका छौं, त्यो निकै पीडादायी छ ।’

उनी सोमबार छोराको रिहाइ हुने दिनको व्यग्र प्रतीक्षामा थिए । तर सोमबार जब बन्दी रिहाइको समय आयो, बिहानसम्म हमासले रिहाइ गर्ने २० जनामा विपिनको नाम परेन । यसले जोशी परिवारमा अन्योल बढ्यो । साँझपख विपिनको शव हस्तान्तरण गर्न लागिएको जानकारी घरमा आयो । त्यतिबेला भने सबै आशा सकियो । जोशी परिवारको दुई वर्षदेखिको प्रतीक्षा पीडादायी बनेर आयो ।

‘अब त पत्याउनै पर्‍यो, हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ,’ किशोरले भने, ‘साँझपख इजरायलबाटै फोन आएको थियो, त्यही बेला शव हस्तान्तरण भइरहेको र त्यसमा विपिनको नाम पनि रहेको छ भन्ने खबर आएको छ ।’ अहिले विपिनको घरमा आफन्तहरू आउन थालेका छन् । बुबा महानन्द भने अहिले कसैसँग पनि कुरा गर्न सकिरहेका छैनन् ।

यसअघि सोमबार बिहान इजरायली सेनाका प्रतिनिधिले किशोरसँगै अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग पनि भिडियो कलमा कुरा गरेका थिए । त्यतिबेला भने रिहाइ हुने नामावलीमा विपिनको नाम नभएको जानकारी गराएको किशोरले बताए ।

‘यसरी विगतमा पनि भिडियो कलमार्फत कुरा हुने गरेको थियो,’ जोशीले भने, ‘आज पनि त्यसरी नै कुरा भएको हो, विगतमा पनि इजरायली प्रधानमन्त्रीको सचिवालयबाट बन्दीसम्बन्धी मामिला हेर्ने कर्मचारी र सेनाका प्रतिनिधिले फोन गरेका थिए ।’

‘यत्तिका दिनसम्म विपिन आउँछ भन्ने आशामै थियौं, अहिले आएर यस्तो खबर आयो,’ विपिनकी छिमेकीसमेत रहेकी भीमदत्त नगरपालिका–३ की वडा सदस्य मीना ठगुन्नाले भनिन्, ‘उनको परिवार मात्रै होइन, हामीलाई पनि अत्यन्तै पीडा भइरहेको छ ।’ उनले विपिनलाई सानैदेखि चिन्थिन् । सानैदेखि साहसी र केही गर्छु भन्ने एक खालको आँट विपिनमा देखेको उनले बताइन् । सोमबार दिनभरि घरबाहिर रहेका विपिनका बुबा महानन्द पनि घरमा आएका छन् ।

कान्तिपुरबाट …..

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज