धनगढी- बैतडीको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय नजिक सोही नगरपालिका–१ दउनेबाजकी करिब ३०–३२ वर्षीया भागरथी लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
देहिमाण्डौ मेला हेरेर घर फर्किँदै गरेकी लुहारलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको महाकाली यातायातको बस (सु.प्र. ०२–००१ ख १०१७) ले ठक्कर दिएको हो।

