हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।

