बैतडी- बैतडीको पाटन नगरपालिका–७ दनखोलामा करेन्ट लागेर एक महिबैतडीमा करेन्ट लागेर महिलाको मृत्युलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जंगली जनावर मार्नका लागि मकैबारीमा थापिएको विद्युतीय पासोमा परेर ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको हो।
घटनाबारे आफन्तले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

