बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको भन्दै पालिका सम्मानित भएको हो ।
आइतबारदेखि सुरु भएको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१ -०८२ को वार्षिक समिक्षा गोष्ठी मार्फत सोमबार ७९ दशमलव ७५ अंकसहित जिल्लामै संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको केदारस्यूँ गाउँपालिकालाई सम्मान गरिएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री भानुभक्त जोशीले अझ जनमुखी, पारदर्शी र प्रभावकारी काम गर्न सुझाव दिनुभयो ।
यस्तै छबिसपाथिभेरा गाउँपालिका पनि सम्मानित भएको छ । स्थानीय तह विक्तीय सुशासन जोखिम मुल्याङ्कन जिल्लामै प्रथम स्थान हासिल गरेको भन्दै सोही कार्यक्रम मार्फत सम्मान गरिएको हो ।

