Advertisement

एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

Advertisement

गत अगस्ट ५ मा वैज्ञानिकहरूले पृथ्वीको परिक्रमण गतिमा असामान्य गिरावट ‘नोट’ गरेका छन्। उक्त दिन पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न औसतभन्दा १.४५ मिलिसेकेन्ड बढी समय लगाएको थियो, जसका कारण दिन सामान्यभन्दा लामो भएको हो।

पृथ्वी सामान्यतया २४ घण्टामा अर्थात् ८६ हजार ४ सय सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ। तर, सो दिन ८६४००.००१४५ सेकेन्ड लागेको वैज्ञानिकहरूले मापन गरेका छन्। परमाणु घडी तथा खगोलीय अवलोकनमार्फत मात्र यस्ता सूक्ष्म परिवर्तन पत्ता लाग्ने बताइएको छ।

वैज्ञानिकहरूको भनाइअनुसार वायुमण्डलीय ढाँचा, समुद्री ज्वारभाटा, पृथ्वीको आन्तरिक गतिविधि र चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पृथ्वीको गति प्रभावित गर्छ। अगस्ट ५ को परिवर्तन दक्षिण गोलार्धका वायुमण्डलीय परिस्थितिसँग सम्बन्धित भएको उल्लेख गरिएको छ। केही क्षेत्रमा असामान्य तिव्र हावाले पृथ्वीको सतहमा क्षणिक अवरोध ल्याएको र त्यसले दिनको लम्बाइ बढाएको वैज्ञानिकहरूको निष्कर्ष छ।

चन्द्रमाको गुरुत्वाकर्षणबाट हुने समुद्री ज्वारभाटा र पृथ्वीको तरल आन्तरिक संरचनामा हुने गतिविधिले पनि गतिमा गिरावट ल्याएको बताइएको छ।

वैज्ञानिकहरूले सूक्ष्म स्तरमै भए पनि यस्ता परिवर्तनले जीपीएस नेभिगेसन र उपग्रह सञ्चारजस्ता अत्यधिक सटीक प्रणालीलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्। समयसँग सम्बन्धित गणनामा त्रुटि आउन सक्ने सम्भावना समेत रहेको छ।
-एजेन्सी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज