Advertisement

आज श्रीकृष्ण जन्माष्टमी

Advertisement

सनातन धर्मावलम्बीहरूले शनिबार भाद्र कृष्ण पक्षको अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सव धुमधामका साथ मनाउँदैछन्।

पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात, रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो। लोकमा अधर्म बढेपछि दानवहरूको अन्त्यका लागि भगवान् विष्णुले विभिन्न रूप लिने क्रममा कंसको संहारका लागि कृष्ण अवतार लिनुभएको उल्लेख छ।

वासुदेव र देवकीका पुत्रका रूपमा कंसको कालकोठरीमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको ‘गीताज्ञान’ प्रसिद्ध छ। गीतामा कर्मअनुसार फल प्राप्त हुने, गरिसकेको काममा आशक्ति नराखी चिन्ता नगर्नुपर्ने सन्देश छ।

श्रीमद्भागवतलगायत ग्रन्थहरूमा कृष्णले कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर, पुतना आदिको वध गरी लोकमा शान्ति स्थापित गरेको वर्णन पाइन्छ।

जन्माष्टमीका दिन कृष्णको गुणकीर्तन, आराधना, जाग्राम बस्ने र मध्यरातमा जन्म क्षणको प्रतीक्षा गर्ने परम्परा छ। भोलिपल्ट उत्सव मनाइन्छ। पौराणिक ग्रन्थमा द्वादशाक्षरी मन्त्र “ॐ नमो भगवते वासुदेवाय” द्वारा आराधना गर्नुपर्ने उल्लेख छ।

नेपाल र भारतका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। विशेषगरी ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा श्रद्धालुको भीड लागिरहेको छ। विक्रम संवत् १६९३ मा राजा सिद्धिनरसिंह मल्लले राधा–कृष्णको मूर्ति स्थापना गरी २१ गजुरयुक्त शिखर शैलीमा ढुंगामात्र प्रयोग गरेर यो मन्दिर निर्माण गरेका थिए।

किन गरिन्छ त श्रीकृष्णको पुजा ?
आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने,  लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।

आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने  गर्ने गरिन्छ । 

श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । या सम्मकी मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज