रवि लामिछाने नक्खु कारागार सारिए, विमानस्थलमा समर्थकको भिड
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट सरुवा गरी शनिबार अपराह्न काठमाडौँको नक्खु कारागार लगिएको छ।
लामिछानेलाई रूपन्देहीबाट विमानमार्ग हुँदै काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कारागारतर्फ लैजाने तयारी भए पनि सुरक्षा कारण देखाउँदै आयल निगमतर्फ निकालेर नक्खु कारागार लगिएको हो।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा रहेका लामिछानेले जेठमै काठमाडौँ सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोक्दै आएको थियो।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।
लामिछानेलाई स्वागत गर्न उनकी पत्नी निकिता लामिछानेसहित समर्थकहरू विमान...





