कैलाली, जिल्ला प्रहरी कार्यालय कैलालीले लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत चन्दन चौकीका २३ वर्षीय अन्सुल गुप्ता रहेका छन्।
प्रहरीका अनुसार कैलारी गाउँपालिका–३, हसुलियाबाट १७ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरसहित उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

