बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो।
शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो।
पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो ...










