Advertisement

शब्दमा बगेको जीवन

Advertisement

जीवनका पाना खोल्दा कहिलेकाहीँ नपढिएका, बिर्सिएका र आँसुले भिजेका अध्यायहरू भेटिन्छन्, जसले मनको गहिराइमा चोट बनाएका हुन्छन्। यस्ता अनुभवहरू कुनै एकजनाको मात्र होइनन्, हरेक संवेदनशील आत्माको गाथा हुन्, जसले आफ्ना सपनाको उज्यालोमा विगतको आँसु झल्काउँछ।

जीवनको यात्रा कहिलेकाहीँ बोझिलो हुन्छ। सुनौलो भविष्यको कल्पनामा डुबिरहँदा पनि पाइला भिजेका हुन्छन् । विगतका आँसुमा। ती आँसुहरू देखिने नदेखिने, तर तिनले भिजाएका मनका पानाहरू स्पष्ट हुन्छन्। ती चोट, ती घाउ र ती पीडाहरू जुन बोलेका छैनन्, तर बोलेको जति नै स्पष्ट छन्।कहिलेकाहीँ रुँदा पनि मन हलुको हुन्छ भन्ने विश्वासले आँसु बहाउन सिकाउँछ। आँशुहरूको धारामा शब्द बग्छन्, र ती शब्दहरूबाट निस्कन्छ पीडाको गहिरो सन्देश ।

धेरै पल्ट मन किताबका पानामा हराउँछ। पात्र खोज्छ, आफूलाई कतै फेला पार्न खोज्छ। तर ती कथा जस्तो जीवन हात पर्दैन। केवल हेरिन्छ । किनभने कतैभित्र अधुरो कथाको अनुभूति भइरहन्छ। मन चरा बनेर उड्न चाहन्छ, तर सपना चुँडिएको पखेटाजस्तै अधुरो लाग्छ। समय आफ्नो गतिमा बगिरहेको छ। सोचहरू पनि विस्तारै बदलिँदै छन्। भीडभाडको शहरमा उभिनुपर्ने बाध्यता हुन्छ। जहाँ हरेक अनुहार फरक देखिन्छ, फरक बोल्छ। समयसँगै आफू पनि बदलिनुपर्छ आफूलाई जोगाउँदै, टिकाउँदै। शान्त देखिने बाहिरी अनुहारमा गहिरो सङ्घर्ष लुकेको हुन्छ। तपाईं हामी सबैको जीवन सहज छैन, तर सहज बनाउने प्रयास जारी राख्नु पर्दछ । एउटा विश्वास मनभित्र बलियो भएर बस्छ अबको प्रत्येक पल-पलकाे संघर्षमा जिवन बितोस्, तर सार्थक होस्।

-दिपेन्द्र धामी
    धनगढी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज