बझाङ- बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बझाङ भित्रिन नदिन सडकमै छड्के चेकजाँच थालेको छ ।
पार्टीका बझाङ इन्चार्ज भरत मल्ल, युवा संगठन इन्चार्ज आकास खातीसहित झण्डै २० जनाको टोलि अहिले बझाङ जिल्लाको प्रवेशद्वार बित्थडचिर गाउँपालिका १ को सिमामा सक्रिय छन् । उनीहरूले बाहिरबाट भित्र्याइँदै गरेका खाद्य र पेय वस्तुमा निगरानी बढाउँदै गाडीहरू रोकेर जाँच गरिरहेका छन् ।
पार्टीले बजारमा गुणस्तरहीन, म्याद नाघेका र स्वास्थ्यमा हानि पुर्याउने सामग्रीले स्थानीयको जीवन र स्वास्थ्यमा खतरा उत्पन्न भइरहेको भन्दै त्यसविरुद्ध अभियान चलाएको जनाएको छ ।
टोलिले स्थानीय व्यवसायी र गाडी चालकहरूलाई म्याद हेरेर मात्रै सामान खरिद तथा ढुवानी गर्न आग्रह गर्दै, अवैध वा गुणस्तरहीन वस्तु भेटिए कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
पार्टी स्रोतका अनुसार यो अभियान बझाङका विभिन्न नाकामा क्रमशः विस्तार गरिँदैछ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले पनि गुणस्तरहीन खाद्य तथा पेय पदार्थ जिल्लामा भित्रिन नदि चेकजाँचमा कडाइ गरेको छ ।

