Advertisement

डुवानमा परेको धनगडी

Advertisement

दिपेन्द्र धामी, धनगढी- सुदूरपश्चिमकाे प्रमुख सहर धनगढी अहिले केवल सहर मात्रै होइन, एउटा यथार्थदर्शी कथा बन्न पुगेको छ। दुःख, डुवान र गर्मी सही नसक्नु छ। यहाँको जनजीवन गर्मी र वर्षा लागेसँगै डुवानको चपेटामा पर्दै आएको छ। याे सहरमा वर्षा सुरु हुने बित्तिकै बस्ती डुब्न थालेका छन। मानिसहरूकाे दैनिकि जीवनको सट्टा दैनिक पीडामा फस्न बाध्य हुन्छन्।

यस पटकको वर्षा झनै भयावह बन्यो। एकछिनको झरीले सडक डुबायो,घरका जग डुवायाे, गर्मीको याे समयमा पनि पसिनाले भिजेर जीउ सुक्न नपाउँदै, बर्खाको भेलमा जिन्दगी डुबेर बाँच्नै मुस्किल छ भन्दा कुनै फरक प्रदैन । यो धन्गढीको मात्र कथा होइन, यो सिंगो नेपाल देशको कथा हो, जहाँ एक घण्टा झरी पर्‍यो भने जीवन नै अस्तव्यस्त हुन्छ।

गर्मीको चर्को मौसममा, धुलो र घामले मानिसको शरीर जलाउँछ। तातो सडकमा हिँड्दा पैतालामा छाला पोलेजस्तो हुन्छ। अनि बर्खा आयो कि खोला र नालाबाट बग्दै आएको फोहोर पानीले जनस्वास्थ्यमा समेत ठूलो खतरा पैदा गर्छ। स्कुल जाने नानीहरू पानीको भेल छिचोलेर पुग्नुपर्ने अवस्था छ। कार्यालय, अस्पताल, बजार सबै प्रभावित छन् र यहाँ बसोबास गर्ने जनसमुदायले विभिन्न गुनासाहरू गरेका छन्। सारै चपेटामा परेको महसुस गरेका छन्।
धनगढीको डुवानको समस्या सँगै अर्को यथार्थ पनि जोडिएको छ, प्रदेश पलायन र पसिनाको मूल्य। हजारौं सुदूरपश्चिमेलीहरू आज वैदेशिक रोजगारीमा छन्। अरब, मलेसिया, कुवेत, कतार अनि दक्षिण कोरियाजस्ता मुलुकमा पसिना बगाएर पठाएको रेमिट्यान्सले यही सहर चलिरहेको छ। तर जब उनीहरू केही वर्षपछि थोरै कमाइ लिएर घर फर्किन्छन्, त्यही घर पानीमा डुबेको देख्छन्। नेपालीहरूका लागि विदेश जानु अब सपना होइन, बाध्यता बनेको छ। देशमै केही नपाउने थाहा भएपछि, एउटा कट्टा कपडा, थोरै नगद र मनभित्र हजारौं सपना बोकेर विदेशी भूमिमा पाइला टेक्नुपर्ने बाध्यता बढेको छ। पसिनाको कमाइ आधा कट्टामा साटेर पनि जिन्दगी थामिराख्नु पर्ने पीडा नेपालीहरूको सामान्य यथार्थ बनेको छ।

धेरै नेपालीले आफ्नो थातथलो, आँगन, खेतबारी र पुराना सम्झनाहरू छाडेर बसाई सरेका छन्। सुखको खोजीमा सालनाल खडेरीको जमिन रोज्नुपर्ने नियति बनेको छ। बाँझो बगैँचा, चाउरिएको आमा बाबाको अनुहार अनि रित्तो गाउँ अनि यहीँ फेरी फर्किन्छन्, तर फर्किएका पाइला दुःखले झनै भारी हुन्छ।
याे समयकाे डुवान, पसिनाको मुल्य, प्रदेश पलायन अनि विकासको नाउँमा भइरहेको उपेक्षा यी सबै समष्टिगत समस्याहरू हुन् जसले देशका हजारौं सहरलाई पोलिरहेका छन्।
तर हिजोआज धनगढी डुबेको छ, तर यो केवल पानीमा मात्रै डुबेको होइन, यो राजनीतिक उपेक्षा, भ्रष्ट योजनाहरू, कमजोर निर्माणहरू र अकर्मण्य नेतृत्वको परिणाम हो। सहर त डुबेको छ, तर मान्छेको मन पनि डुबेको छ। कठ्यांग्रिने जाडो, झोक्ने गर्मी अनि बगाउने बर्खा यी त केवल मौसमका रुपमा आउने समस्याहरू हुन्, तर त्योभन्दा ठूलो डुवान मानिसको आत्मा र भविष्यमा परेको छ।धनगढी डुबेको छ तर डुबेको सहर होइन, डुबेको सपना हो, डुबेको सिस्टम् हो, र डुबेको भरोसा हो। जसरी भए पनि जिन्दगी जिउनु छ, तर यस्तो होस् कि जीवन बाँच्दा मन पानीजस्तै नभिजोस्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज