डुवानमा परेको धनगडी
दिपेन्द्र धामी, धनगढी- सुदूरपश्चिमकाे प्रमुख सहर धनगढी अहिले केवल सहर मात्रै होइन, एउटा यथार्थदर्शी कथा बन्न पुगेको छ। दुःख, डुवान र गर्मी सही नसक्नु छ। यहाँको जनजीवन गर्मी र वर्षा लागेसँगै डुवानको चपेटामा पर्दै आएको छ। याे सहरमा वर्षा सुरु हुने बित्तिकै बस्ती डुब्न थालेका छन। मानिसहरूकाे दैनिकि जीवनको सट्टा दैनिक पीडामा फस्न बाध्य हुन्छन्।
यस पटकको वर्षा झनै भयावह बन्यो। एकछिनको झरीले सडक डुबायो,घरका जग डुवायाे, गर्मीको याे समयमा पनि पसिनाले भिजेर जीउ सुक्न नपाउँदै, बर्खाको भेलमा जिन्दगी डुबेर बाँच्नै मुस्किल छ भन्दा कुनै फरक प्रदैन । यो धन्गढीको मात्र कथा होइन, यो सिंगो नेपाल देशको कथा हो, जहाँ एक घण्टा झरी पर्यो भने जीवन नै अस्तव्यस्त हुन्छ।
गर्मीको चर्को मौसममा, धुलो र घामले मानिसको शरीर जलाउँछ। तातो सडकमा हिँड्दा पैतालामा छाला पोलेजस्तो हुन्छ। अनि बर्खा आयो कि खोला र नालाबाट बग...







