Advertisement

युवा व्यवसायी सुवेदीद्वारा छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

Advertisement

बझाङ — दुर्गाथलि गाउँपालिका–१ चौधरीस्थित मदन भण्डारी बाल आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
केदारस्यूँ गाउँपालिका–९ झोतामा व्यवसाय गर्दै आएका दिपेश मोबाइल ग्यालरीका सञ्चालक लेखराज सुवेदीले आफ्नी छोरी एलिना सुवेदीको तेस्रो जन्मोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेका हुन्। जन्मदिनको अवसरलाई फजुल खर्चमा प्रयोग गर्नुको सट्टा आश्रममा आश्रित अनाथ तथा असहाय बालबालिकालाई सहयोग गरेर मनाउनु पुण्यको काम हुने विश्वास व्यक्त गर्दै उनले उक्त सहयोग गरेका हुन्।


उक्त अवसरमा सुवेदीले आश्रममा रहेका १७ जना बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। आज बिहानै उनी परिवारसहित आश्रम पुगेका थिए र आफ्नै हातले सामग्री प्रदान गरेका थिए।
सामग्री वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्य, स्थानीय जनप्रतिनिधिहरू, बाल आश्रम सञ्चालक टिम तथा समुदायका केही प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।


कार्यक्रमका क्रममा आश्रमका संस्थापक सिद्ध रावलले एलिना सुवेदीलाई जन्मोत्सवको शुभकामना दिँदै सहयोगी लेखराज सुवेदीप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गर्दै सुवेदीको पारिवारिक समृद्धि र व्यवसायिक सफलताको कामना गरे।

२०७४ सालमा स्थापना भएको बाल आश्रम, अभिभावकविहीन बालबालिकाको भरोसा बन्दै

मदन भण्डारी बाल आश्रम २०७४ सालदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको लागि जीवनको आधार बनेको छ। स्थापना कालदेखि हालसम्म आश्रमले दर्जनौँ बालबालिकालाई सुरक्षित आवास, शिक्षा, आहार तथा स्नेह प्रदान गर्दै आएको छ।
स्थापनाको मुख्य उद्देश्य समाजमा अवहेलित, टुहुरा वा जोखिममा परेका बालबालिकालाई संरक्षण, शिक्षादिक्षा र उज्यालो भविष्यको आधार दिनु हो। वर्तमानमा आश्रममा १७ जना बालबालिका आश्रित छन्, जसले स्थानीय विद्यालयमा अध्ययन गरिरहेका छन्।
आश्रमका संस्थापक सिद्ध रावलका अनुसार, “२०७४ सालमा थोरै स्रोतसाधनबाट सुरु भएको यो अभियान अहिले समुदायको साथ र सहकार्यले अघि बढिरहेको छ। हामी चाहन्छौँ कि कुनै पनि बालक अभिभावकको माया र अवसरबाट वञ्चित नहोस्।”
आश्रमले नियमित रूपमा खाद्यान्न, लत्ताकपडा, स्टेशनरी, स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, स्थानीय र बाह्य दाताहरूको सहयोगमा विभिन्न चाडपर्व, जन्मोत्सव तथा शैक्षिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन्।
अहिलेसम्म थुप्रै सहयोगी हातहरूले आश्रमको सेवा विस्तारमा टेवा पुर्‍याएका छन्।

आश्रमका सञ्चालकहरू अझ धेरै बालबालिकालाई समेट्ने उद्देश्यसहित संरचनागत तथा व्यवस्थापकीय सुधारमा जुटिरहेका छन्। उनीहरू भन्छन् , “समाजको साँचो समृद्धि तब सम्भव हुन्छ, जब हरेक बालबालकको भविष्य सुरक्षित हुन्छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज