डोटी- डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार आज ट्रक अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।
जनजागरण सामुदायिक वनमा सडेगलेका काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी जम्मा गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक देउथानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । डोटी प्रहरीका अनुसार गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको थियोे । त्यस्तै सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको छ । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

