Advertisement

स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

Advertisement

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदकी उम्मेदवार अम्बिका चौधरीले आफूलाई अराजक समूहले पटक–पटक धम्की दिएको खुलासा गरेकी छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी चौधरीले धम्कीका बाबजुद पनि आफ्नो उम्मेदवारी कायम रहेको स्पष्ट पारिन्।
“म अत्यन्त दुःखी छु, तर डराएकी छैन, हिम्मत हारेकी छैन,” चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा भनेकी छन्, “धम्की, लोभ र प्रलोभन सबै आयो, तर म अडिग छु।”
उनले निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र विवेकयुक्त मतदानको आग्रह गर्दै भनिन्, “कसैले पनि डर, धम्की वा लोभमा परेर आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ।”
चौधरीले महिला र चौधरी समुदायको प्रतिनिधित्व गर्ने भएकै कारण आफूलाई उम्मेदवारीका लागि अवरोध सिर्जना गरिएको आरोप पनि लगाइन्। “मलाई टिकटबाट वञ्चित गरियो, तर म टुटिनँ। म विद्यार्थीहरूको आशा र भरोसाका लागि उम्मेदवार बनेकी हुँ,” उनले भनिन्।
उनले केही व्यक्तिहरूले आफू उम्मेदवारी फिर्ता लिएको भन्दै झूठा प्रचार गरेर चरित्र हत्या गर्न खोजेको आरोपसमेत लगाएकी छन्।
अन्त्यमा, उनले उम्मेदवारी फिर्ता लिएका साथीहरूलाई धन्यवाद दिँदै अझै पनि साथ र सहयोगको अपेक्षा राखेकी छन्।

चौधरी यसअघि नेविसंघबाटै निर्वाचित भएकी थिइन्, तर यसपटक संस्थाले सन्तोष पन्तलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत २७ गते हुने तय भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज