Advertisement

कुल्चिएको सडक

Advertisement

दिपेन्द्र धामी- बझाङ ।

यात्राको आधार, सभ्यताको मेरुदण्ड। मानिसहरू गन्तव्य पहिल्याउने बाटो, समय बचत गर्ने माध्यम, सहज आवतजावतको सुविधा! तर कहिलेकाहीं यिनै सडकहरू मौन चिच्याउँछन्, बोल्न नसकेर आफ्नो व्यथा समेट्छन्।

म कुल्चिएको सडक! मेरो कुनै निश्चित गन्तव्य छैन। मानिसहरू जति हतारिन्छन्, म त्यति नै थिचिन्छु। ममाथि गाडी गुड्छन्, नेता आउँछन्, जनता ओहोरदोहोर गर्छन्, तर मेरो अवस्था उस्तै छ। जबसम्म म उपयोगी छु, तबसम्म मलाई हेरिन्छ, सुधार गरिन्छ। तर, जब म जीर्ण बन्छु, भत्किन्छु, तब मलाई बेवास्ता गरिन्छ।
हिजो यहाँ बाक्लो चहलपहल थियो, ठूला नेताहरू भाषण दिन आए, स्थानीयबासीले सडक कालोपत्रे हुन्छ कि भन्ने आशा गरे। तर दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, अवस्था फेरिएन। बर्खामा म हिलाम्मे हुन्छु, हिउँदमा धुलाम्मे। म कुल्चिहेकाे
सडक।

राजनीतिक दलहरू चुनाव आउनु अगाडि मेरा बारेमा कुरा गर्छन्। “यो सडक छिट्टै स्तरोन्नति हुन्छ, यहाँ कालोपत्रे बिछ्याइनेछ, अब धुलो, हिलो र खाल्डाखुल्डीको समस्या रहँदैन।” तर, चुनाव सकिएपछि ती आवाजहरू सेलाउँछन्। म उस्तै रहन्छु। भत्किएको, बिर्सिएको र कतिपय स्थानमा मेरो अस्तित्व नै संकटमा छ। विकासका ठूल्ठूला आश्वासन आउँछन्, तर बजेट कटौती हुन्छ। ठेकेदारहरूले गुणस्तरहीन काम गर्छन्। के म कहिल्यै बलियो बन्ने छैन? के मेरो पीडा कसैले देख्ने छैन?

ममाथि हिँड्ने हरकोही आफ्नो गुनासो पोख्छ। पैदलयात्री थकाइ मार्दै भन्छन्, “यो सडक कहिले मर्मत होला?” मोटरसाइकल चालक खाल्डो छल्दै भन्छन्, “हरे, झन् जोखिम बढ्दै छ!” तर, म केही भन्न सक्दिनँ।म मूकदर्शी भएर सबै सहन्छु,दुर्घटनाको पीडा, पैदल यात्रुको कष्ट, रोगी बोकेर अस्पताल दौडिएको एम्बुलेन्सको हतार, उबडखाबड यात्रा गर्दै आक्रोशित गाडीचालक।
के म सधैँ कुल्चिइरहने हो? के मेरो हालत यस्तै रहने हो? कहिलेकाहीं, स्थानीय युवाहरूले मेरो पक्षमा आवाज उठाउँछन्। केही ठाउँमा तत्कालीन मर्मत गरिन्छ, तर टिक्दैन।

सरकार, नीति निर्माताहरू, जनप्रतिनिधिहरू! तपाईंहरूले मलाई सुधार्नुहुन्छ कि यसरी नै कुल्चाइरहन दिनुहुन्छ? म पनि मजबुत बन्न चाहन्छु, विकासको आधार बन्न चाहन्छु। म सुरक्षित सडक बन्न चाहन्छु, जहाँ मानिसहरूले सहज यात्रा गर्न सकून्।

म कुल्चिएको सडक! मेरो आशा अझै मरेको छैन। शायद एक दिन म पनि गौरव गर्न लायक बनूँला।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज