Advertisement

बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

Advertisement

बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे।

साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

जिल्लास्थित नेपाल प्रहरी प्रमुख युवराज भण्डारी, सशस्त्र प्रहरी प्रमुख दुर्गा प्रसाद भट्ट, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गोविन्द प्रसाद पाण्डेसहितका सहभागीहरूले परियोजनाको प्रभावकारीता बढाउन सुझाव तथा योगदान गरेका थिए।

झण्डै २ बर्ष कार्यअवधी रहेको प्रतिबद्ध तीन परियोजनाले विपद् जोखीम न्युनिकरण, पुर्वतयारी तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । साथै पहिरो जोखिम नक्सांकन, जोखीम बस्तीहरुको पहिचान तथा वर्गीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनामा काम गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए ।

यस्तै पिनका कार्यक्रम प्रबन्धक शालिकराम घिमिरेले प्रतिबद्ध तीन परियोजनाको लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले प्रस्तुतिकरणमा प्रतिबद्ध १ र २ मा हासिल गरेका उपलब्धी र प्रतिबद्ध ३ को नतिजाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज