बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सनिवार केदारस्यूँ गाउँपालिकाको सभाहलमा रेश नेपाल संस्थाको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष निशा धामीको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत, सदस्य वितरण, संस्थाको अवस्था, उदेश्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियोे । साधारणसभा कार्यक्रम वार्षिक प्रतिवेदन संस्थाकी उपाध्यक्ष जानकी बोहराले प्रस्तुति गरेकि थिइन् ।
यस्तै कार्यक्रममा साधारण सदस्यता तथा आजीवन सदस्यता वितरण समेत गरिएको छ । संस्थाको सदस्यता १ सय भन्दाबढीले लिएको संस्थाकी अध्यक्ष धामीले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्था प्रति आस्थावान समाजसेवी बुद्धिजीवी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
यस...




