Advertisement

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

Advertisement

कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्।

भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन्। एक वर्ष अघिदेखि खेती गर्न सुरू गरेका उनले हाल खेतमा एक हजार दुघ भन्दा बढी बिरुवा लगाएका छन्। अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ।

भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन्। परम्परागत खेतीसँगै उनले गरेको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएको अवलोकनका लागि आउने किसानहरू बताउँछन्।
कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताए।

‘पोषकतत्वले भरिपूर्ण मानिने शीतलचिनी सुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन’, भट्टले भने, ‘पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढन थालेको छ। यसको अझै प्रचारप्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ।’

भट्टले शीतलचिनीका पातबाट पाउडर बनाई प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन्। दुई सय १० ग्रामको खुद्रा मूल्य सात सय रुपैयाँ र होलसेल मूल्य चार सय रुपैयाँ रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गरे। उनका अनुसार उत्पादित शीतलचिनीको पाउडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायत स्थानमा बिक्री हुने गरेको छ।
शीतलचिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ। यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताए।
कृषिविज्ञका अनुसार शीतलचिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ। यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो। यसको पात, फूल, कोसा, बिउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-७  र दुर्गाथली गाउँपालिका - ६ को सीमा सुँगरेमा भएकाे बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६...
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानक...
सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ बनाउन दुई कार्ययोजना स्वीकृत, मुख्यमन्त्री शाहद्वारा उच्च सतर्कताको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण कार्ययोजना स्वीकृत गरेको छ। प्रदेश...
आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आइतवार र सोमवार अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आइतवार र सोमवार देशका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै सर्...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज