बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका - ६ को सीमा सुँगरेमा भएकाे बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।
शनिबार नै उद्धारका लागि बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम चैनपुरबाट गम्भीर घाइतेहरूलाई पालैपालो दुई/दुई जनाका दरले नेपालगञ्ज पुर्याइरहेको प्रहरीले जनाएको छ।
नेपालगञ्ज रेफर गरिएकाहरूमा दुर्गाथली गाउँपालिका-६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, अर्का रामबहादुर महता तथा केदारस्यूँ गाउँपालिका-७ का जिप चालक देवबहादुर धामी रहेका छन्।
उनीहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी शनिबार राति जिल्ला अस्पताल बझाङ ल्याइएको थियो। जिल्ला अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो।
शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथ...




