गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर्किएको छ। त्रिपुरेश्वरमा बिहीबार नगर प्रहरीसँग भएको विवादपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री शाहको मौनताको आलोचना गरेका छन्। साथै, काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाहरूले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री शाह मौन बसेको भन्दै आपत्ति जनाइन्। विपक्षमा हुँदा राज्यका कमजोरीमाथि कडा प्रश्न उठाउने...








