Advertisement

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

Advertisement

काठमाडौें- स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको छ । लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्।
खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए; डानी ओल्मोको पासमा वान–अन–वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।

पोर्चुगलका तर्फबाट क्रिस्टियानो रोनाल्डोले लगातार दबाब बनाएका थिए भने नुनो मेन्डेसको प्रहार डिफ्लेक्ट हुँदै क्रसबारेमा ठोकिएपछि पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफ गोलरहीत बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टोली निकै सचेत देखिएका थिए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिँदा, ९०+१ मिनेटमा स्पेनका दुई सब्सटिच्युट खेलाडीले चामत्कारिक मुभ बनाए। फेरान टोरेसको पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले शक्तिशाली र सटिक प्रहारमार्फत बललाई जाली चुमाए र स्पेनलाई १–० को नाटकीय जित दिलाए।

खेलको अन्तिम सिट्ठी बजेलगत्तै विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। ४१ वर्षीय रोनाल्डोले खेलअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।

रोनाल्डोको विश्वकपमा २७ खेल खेलेका छन् । भने कुल गोल ११ गरेका छन्। उनी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी हुन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज