काठमाडौ: बझाङकी रश्मिला धामीले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अशोभनीय र आक्रामक भाषा प्रयोग गरेकी छन् । उनले पोस्टभरि प्रहरीलाई पटकपटक “आमा बलात्कारी” भन्दै गाली गरेकी छन् भने अन्य अपमानजनक शब्दसमेत प्रयोग गरेकी छन् ।

प्रहरी संगठनलाई नै लक्षित गर्दै गरिएको यस्तो सार्वजनिक गालीगलौजपछि पनि हालसम्म नेपाल प्रहरी वा सम्बन्धित प्रहरी प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । प्रहरीमाथिको यस्तो अभिव्यक्तिप्रति प्रहरी प्रशासन मौन देखिएको छ।

