Advertisement

बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

Advertisement

बझाङ- बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन् । लगातारको वर्षासँगै आएकोे बाढीपहिरोले स्थानीय शाखा सडक खण्डहरू अवरुद्ध हुन थालेका हुन् । प्राप्त जानकारी अनुसार छबिसपाथिभेरा गाउँपालिका अन्तर्गत मोरिबगर-बिसौना सडक खण्ड अवरुद्ध भएको छ ।
वडा नं-६ अन्तर्गत पर्ने ल्वाडाको डोलामा पहिरो जाँदा सडक अवरुद्घ भएर आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि स्थानीयवासी, बिरामी, विद्यार्थी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।

जिल्लाका अन्य धेरै ग्रामीण सडकहरू पनि वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ।
स्थानीयवासीले बर्खायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पहिचान, नाली तथा पानी निकासको उचित व्यवस्थापन, सडक किनारका कमजोर भागको संरक्षण, आवश्यक स्थानमा ग्याबियन पर्खाल तथा रिटेनिङ वाल निर्माण, र नियमित मर्मतसम्भार गरिए यस्ता समस्या धेरै हदसम्म कम गर्न सकिने बताएका छन्। साथै, वर्षायामभरि डोजर, एक्साभेटर लगायतका उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखी पहिरो हटाउने कार्य तत्काल सञ्चालन गर्न उनीहरूको माग छ।

ग्रामीण सडकहरू वर्षायाममा बारम्बार अवरुद्ध हुने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी विपद् जोखिम न्यूनीकरणमा आधारित सडक निर्माण, गुणस्तरीय पूर्वाधार विकास तथा नियमित मर्मतसम्भारलाई प्राथमिकता दिन आवश्यक देखिन्छ।
सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भइरहेका छन्। त्यसैले प्रभावित सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको जोडदार माग रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज