बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गर्नुभएको छ। उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको हो।
छलफलका क्रममा बाल सञ्जालका प्रतिनिधिहरूले वर्तमान समयमा बालबालिका तथा युवाहरूले भोगिरहेका विविध समस्याहरू प्रस्तुत गरेका थिए। उनीहरूले विद्यालय छोड्ने दर वृद्धि, लागुऔषध दुर्व्यसन, साइबर दुरुपयोग, बाल हिंसा तथा बाल श्रम जस्ता चुनौतीहरू बढ्दो रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि प्रहरी प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
यसै क्रममा प्रतिनिधिहरूले बालमैत्री वातावरण सिर्जना गर्न विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, समुदायस्तरमा बाल अधिकारसम्बन्धी अभियानला...

