Advertisement

Day: २०८२ पुष २८, सोमबार १३:०१

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका- ८ साँडीघाटी नजिकै सोमबार बिहान १० बजे दुर्घटना भएको हो । सो दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका -१ का २४ बर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका - ३ का १३ बर्षीय राकेश रावल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटना...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी कार्यालय अछामले सोमबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय, धनगढी कैलालीलाई पत्र पठाउँदै अछामका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो। जिल्ला बैठकको निर्णयअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट दिपकबहादुर साउँद र निर्वाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ। दिपकबहादुर साउँद रामारोशन- ६ भाटाकटिया निवासी हुन् भने पुष्पराज न्यौपाने तुर्माखाँद-६ रानीवन निवासी रहेका छन्। पार्टीको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी टुंगो लगाइदिन प्रदेश पार्टी कार्यालयलाई अनुरोध गरिएको छ। उक्त पत्रमा जिल्ला प्रमुख जीवन विक्र...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना भ्रामक भएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान जारी गरेको विज्ञप्तिमा सभापति विशेष महाधिवेशनमा जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमार्फत केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेका छन्। उक्त कार्यक्रममा पार्टी सभापति सहभागी हुने कुनै कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।” नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसप्रति असन्तुष्टि जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज