Advertisement

Day: २०८२ पुष २६, शनिबार २०:४४

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। संस्थाको १६ औं वार्षिकोत्सब एक कार्यक्रमकाबीच सनिवार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक आयव्यय प्रस्तुत गरिएको थियोे । कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ। नृप बहादुर ठकुल्लाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समिति उपाध्यक्ष रामबहादुर बोहरा, सचिवमा सुरेशचन्द महतो, कोषाध्यक्षमा रत्ना बोहरा र सह-सचिवमा गोकुल शर्मा चयन भएका छन् । समिति सदस्यमा क्रमशः राजन प्रसाद घिमिरे, आशा देवी चौधरी , तिकल चौधरी, धनबहादुर थापा रहेका छन् । यस्तै लेखा समिति संयोजकमा धनबहादुर थापालै नै जिम्मेवारी दिइएको छ ।...
सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

समाचार
कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल प्रा.लि. को आयोजना तथा बेलडाँडी गाउँपालिकाको व्यवस्थापन मा सम्पन्न उक्त शिविरबाट ४५५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। बेलडाँडी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विभिन्न विशेषज्ञ सेवासम्म निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। शिविरमा जनरल सर्जरी, फिजिसियन सेवा, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग लगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाएको भन्दै सेवा लिने बिरामीहरूले सीपी अस्पताल तथा बेलडाँडी गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्। यस अवसरमा बोल्दै सीपी अस्पतालका प्रशासकीय प्रमुख विकास मौनी ले अस्पतालले आफ्न...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्...
बैतडीको सुर्नया गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

बैतडीको सुर्नया गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ । गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरू रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस...
तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– तराई-मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । सुदूरपश्चिम, कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु-कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको हो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमको कैलाली कञ्चनपुर सहित देशभर चिसो बढेको छ । बाक्लो हुस्सु र चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। चिसोका कारण बिहान–बेलुका सवारी आवागमनमा समस्या देखिएको छ भने बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्। चिसो बढेसँगै विद्यालय, बजार र दैनिक कामकाजसमेत प्रभावित बनेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । चिसोबाट जोगिन न्यानो कपड...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज