कृषि ज्ञान केन्द्र बझाङद्वारा ब्लक सञ्चालक समितिलाई गाडी हस्तान्तरण
बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र बझाङले कार्यालयको स्वामित्वमा रहेको सवारी साधन ब्लक सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको नाममा प्राप्त उक्त सवारी साधन किसानलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोग हुँदै आएको थियो । सवारी साधनको नियमित प्रयोग, संरक्षण, मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न कृषि ज्ञान केन्द्र बझाङले मिति २०८२/०९/१७ मा गाडी हस्तान्तरण सम्बन्धी सम्झौता पत्र मार्फत समितिलाई जिम्मेवारी प्रदान गरेको हो ।
सम्झौता अनुसार सवारी साधनको प्रयोग पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र गरिने, दुरुपयोग वा नियम विपरीत प्रयोग भएको पाइएमा प्रचलित कानुन बमोज...



