Advertisement

Day: २०८२ कार्तिक १७, सोमबार २०:५३

दुर्गाथलिमा असहाय र जेहेन्दार विद्यार्थीलाई युवा नेता कमल सीद्वारा शैक्षिक सामग्री वितरण

दुर्गाथलिमा असहाय र जेहेन्दार विद्यार्थीलाई युवा नेता कमल सीद्वारा शैक्षिक सामग्री वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-२ मा रहेको चौधारी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अखिल समाजवादी युवा नेता कमल सी ले विद्यालयमा अध्यनरत असहाय, टुहुरा, विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्न असहाय टुहुरा १७ र जेहन्दार अनुशासित नियमित विद्यालय आउने ८ जना विद्यार्थीलाई कापी, कलम, मोडेल सेटलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको कमलले बताए । उनलेे शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनु समयको आवश्यकता भएको बताए। उनले भने, “हाम्रो शिक्षा प्रणाली अझै पनि विदेशी अभ्यासमा सीमित छ,, अब मौलिक र हाम्रो माटो सुहाउने शिक्षा प्रणाली लागू गर्नुपर्छ, जसले युवालाई देशमै अवसर देखाओस्।” उनका अनुसार हालको शिक्षा प्रणालीले विद्यार्थी र युवामा पलाय...
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीबीच चुनावी तयारीमा सहकार्य गर्ने सहमति

प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीबीच चुनावी तयारीमा सहकार्य गर्ने सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच आगामी निर्वाचनको तयारी र अनुकूल वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न छलफलमा मुख्यमन्त्रीहरूले संघ सरकारसँग मिलेर चुनावी वातावरण निर्माणमा सहयोग गर्न तयारी रहेको बताएका छन्। मुख्यमन्त्रीहरूले चुनावको मुख्य चुनौती शान्ति–सुरक्षाको विषय रहेको बताउँदै यसमा गम्भीरतापूर्वक लाग्न सरकारलाई सुझाव दिएका छन्। उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गर्न सके तोकिएको मितिमै चुनाव सम्पन्न गर्न सकिने बताएका छन्। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने माग मुख्यमन्त्रीहरूले गरेका छन्। त्यस्तै, खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न पनि उनीहरूले...
नेपालमा पश्चिमी वायुको प्रभाव कायम, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव कायम, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण देशभर वर्षा भएको थियो, जसका कारण केही दिन जनजीवन प्रभावित भएको थियो। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो। हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र, मनाङका टोलीले सकुशल उद्धार गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...
आठ कम्युनिष्ट पार्टीबीच एकताको सहमति, दाहाल संयोजक र नेपाल सह–संयोजक

आठ कम्युनिष्ट पार्टीबीच एकताको सहमति, दाहाल संयोजक र नेपाल सह–संयोजक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ कम्युनिस्ट पार्टीहरूले पार्टी एकता गर्ने निर्णय गरेका छन्। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक हुने गरी एकता गर्ने सहमति भएको हो। माओवादी र एकीकृत समाजवादीभित्र एकताबारे फरक मत रहे पनि हिजो साँझ १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। पार्टीको नाम भने टुंगो लाग्न बाँकी छ, तर चुनाव चिन्ह पाँचकुने तारा हुने सहमति भएको बताइएको छ। सहमति पत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी- समाजवादी), नेकपा (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन्। एकता राष्ट्रिय सम्मेलन आउँदो १९ गते आयोजना हुने भएको छ। सम्मेलनबाट पार्टी एकताको औपचारिक घोषणा, घोषणा पत्र ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज