आज कुकुर तिहार, नरक चतुर्दशी र साँझ लक्ष्मीपूजा गरिँदै
आज देशभर कुकुर तिहार, नरक चतुर्दशी पर्व तथा लक्ष्मीपुजा मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिनमा पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै पर्ने भएको हो । नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाइन्छ ।
आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाई कुकुर तिहार मनाइन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने परम्परा छ । यसअघि हिजो काग तिहार मनाइएको थियो ।
त्यस्तै, आजै बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । बिहानै घर सफा–सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई घरमा आमन्त्रण ग...


