Advertisement

Day: २०८२ आश्विन २८, मंगलवार ०७:३८

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्। असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।...
मधेशका मुख्यमन्त्री सिंह आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री सिंह आज विश्वासको मत लिँदै

समाचार
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (असोज २८ गते) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्। गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि बैठकको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। सोही अनुरोधका आधारमा आजको बैठक बोलाइएको प्रदेशसभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किएको बेला सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले आफ्नो निर्णय परिवर्तन गर्दै “त्यो बेला विषम परिस्थितिमा जनधनको क्षति नहोस्” भन्ने उद्देश्यले फेसबुकमार्फत राजीनामा दिएको स्पष्ट गरेका थिए। तर, सिंहको बोली फेरेपछि उनको दल जनमत पार्टीले भदौ ३१ गते प्रदेशसभामा सभामुखलाई सम्बोधन गरी मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर...
विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, सोमबार हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिन जोशीको पनि रहेको छ। अन्य शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेजको नाम समावेश छ। सोही दिन हमासले २० जना जीवित इजरायली बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई जिम्मा लगाएको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाएको थियो। विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गर्दा बन्दी बनाइएका थिए। उनले त्यसअघि करिब एक महिना अघि मात्रै सिक एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। त्यो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए। ...
बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुराबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो । नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा करिब ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान गरिएको छ। जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएका छन्, जसमध्ये २०८ हेक्टरमा उत्पादन भइरहेको छ। स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ। करिब २ सयभन्दा बढी किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन्। तर, मनसुनको समयमा सडक अवरुद्ध हुने र ढुवानीमा समस्या आउने भएकाले धेरै स्याउ बारीमै कुहिने वा गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ। कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बजार अभाव, ढुवानी कठिनाइ र गुणस्तर विभाजनको ज्ञान नहुँदा किसानले अपेक्षित आम्दानी पाउन नस...
टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा गएराति भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको हो। यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४७ रनको योगफल बनायो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रनको योगदान दिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन जोडे। लक्ष्यका क्रममा कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। नेपालका स्पिनर सन्दीप लामिछाने खेलका हिरो बने-उनले ३ ओभर ५ बल बलिङ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज