Advertisement

जेन-जी क्रान्ति

Advertisement

माइतीघरमा उठछ आक्रोश ।
सडक धड्किन्छ सहर ।।
काँप्छ हजारौं हात एकै साथ उठ्छन ।
अब मौनता छैन अब सहनशीलता छैन।।
अब मात्र परिवर्तनको आवाज ।।।

भ्रष्टाचार हटाउँ इमान जगाउँ ।
सुशासन ल्याएर नयाँ बिहानी बनाउँ ।।
घूस होइन न्यायको गीत गाऊँ ।
कर्तव्य र सत्यको बाटो समाऊँ ।।।

जेन्जीको सपना थियो उज्यालो नेपाल।
जहाँ न होस् अन्याय न होस् बेहाल ।।
तर आज तिनै नाममा
खेलिन्छ राजनीति बन्छ व्यापार ।।।

जेन्जीको आवाज थियो क्रान्तिको चिनारी !
तर अहिले त्यही नाममा हुन्छ सत्ता किनबेच बारी ।।
उनको आत्मा रगतको रेखामा थियो ।
तर अहिले त्यो नाम भाषणको व्यापारमा ढल्कियो ।।।

जनताको हातमा शक्ति बसोस ।
निष्पक्ष नियमले शासन चलोस ।।
आजैबाट बदलौँ सोच !
भोलिको देश हाम्रो हातको रोज ।।

युवाको आँखामा जल्छ सूर्य ।
साहसले खोज्छ नयाँ नेपाल ।।।
आगो र धुवाँले घेरिएको सडकमा ।
पनि उनीहरूले देख्छन भविष्य ।
जहाँ न्याय ढल्दैन जहाँ नेताहरू देशको सेवा गर्दैनन् ।।।।

सडकले बोल्छ अश्रुग्यासले पोल्दा पनि आँसु बगिरहन्छ !
गोलीले छाती छेड़े पनि मनको ढोका बन्द हुन सक्दैन ।।।।

रगतले रंगिएको सडक आज पीडा हो ।
भोलि इतिहास यसलाई बलिदान भनी लेख्नेछ!
ढलेका सपनाहरू भोलिका पर्खाल बन्नेछन ।।।

जेन्जी तिमी अब मौन होइनौ तिमी जागिसकेको छौ!
रगत बीउ हो जसबाट जन्मिनेछ न्यायको वन !!
र त्यो वनमा पातहरूले गाउँनेछन हामी स्वतन्त्र छौं
हामी समान छौं ।।।।

इमान पारदर्शिता र विश्वासको जोश !
त्यहीँ बाटो हो उज्यालो भोलिको कोश ।।
त्यो दिन नेपालको नाम लेखिनेछ सुनौलो अक्षरमा
जनताको साहस जनताको बलिदान र जनताको विजय ।।।

– दिपेश कठायत
उनी जयपृथ्वी नगरपालिका ६ नौरा (कठायतबाडा) बझाङका बासिन्दा हन् ।
हाल संयुक्त राज्य अमेरिकाको केन्टकी राज्य लेक्सिङटन (Lexington) शहरमा छन् ।
कठायत अन्तर्राष्ट्रिय नेपाली समाज (NRNA) संग पनि आबद्ध छन। उनलेे विदेशमा रहँदा नेपाली समुदायको सहयोग र पहिचानका लागि सक्रिय भुमिका खेल्दै आएका छन ।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

बझाङ- जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित प्रथम भीमसुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। बुङ्गल क्रिकेट स...
जेन-जी क्रान्ति

जेन-जी क्रान्ति

माइतीघरमा उठछ आक्रोश । सडक धड्किन्छ सहर ।। काँप्छ हजारौं हात एकै साथ उठ्छन । अब मौनता छैन अब सहनशीलता छैन।। अब मात्र परिवर्तनक...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन न...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोम...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज