बझाङ- बझाङको थलारा गाउँपालिका–६ सडिलका जेन्जी युवाहरू र गाउँपालिकाबीच सहमति भएको छ ।
वडा नम्बर ६ को झनाना–सडिल–तराटी–ठिङाललेख सडक खोल्ने माग गर्दै केही दिनअघि युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए। सो सडक खोल्ने विषयमा शुक्रबार गाउँपालिका र युवाबीच छलफल भएपछि सहमति जुटेको हो।
गाउँपालिकाले आजदेखि सडक खुलाउने कार्य सुरु गरेको प्रमुख प्रशासनिक अधिकृत प्रयागराज पाध्याये जानकारी दिए। उनका अनुसार झनाना–सडिल–तराटी–ठिङाललेख सडकमा आजदेखि डोजर प्रयोग गरेर काम थालिएको छ।
सहमति बैठकमा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम खाती, प्रमुख प्रशासनिक अधिकृत प्रयागराज र वडा नम्बर ६ का स्थानीय युवाहरू उपस्थित थिए। उक्त कार्य सम्पन्न नभएसम्म पालिकाको कार्यालयमा लगाइएको ताला नखोलिने युवाहरूले बताएका छन्
-सम्पादित समाचार ,