Advertisement

Day: २२ भाद्र २०८२ आईतवार २२:५४

चुरे गाउँपालिकामा २२औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

चुरे गाउँपालिकामा २२औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

समाचार
धनगढी, भदौ २२ । चुरे गाउँपालिकाले २२औं निजामती सेवा दिवस २०८२ विविध कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा बिहान कार्यालय परिसर सरसफाइ गरिएको थियो भने दिउँसो २ बजेदेखि कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा पालिकाअन्तर्गतका कर्मचारीहरुबाट नौ टिम दर्ता भएका थिए। लिग चरणमा सम्पन्न खेल अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सम्मान गरिएको हो। प्रतियोगितामा टिम दरी झरनाका दिपेन्द्र मलासी र दीपक कार्की पहिलो स्थान हासिल गर्दै विजेता बने। टिम कम्पासे धुराका दयानन्द जोशी र प्रेम बोहरा दोस्रो स्थानमा रहँदा, टिम गर्भादरबारका नरेन्द्र बिरकट्टामगर र पुस्कर अर्खालीमगर तेस्रो स्थानमा रहे। त्यस्तै, टिम ठुलीखालीका धर्मराज भट्ट र भुवन आचार्यले सान्त्वना स्थान प्राप्त गरेका छन्। विजेताहरुलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार सहित सम्मान गरिएको थियो। कार्यक...
केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम पालिकाको सभाहलमा आज सम्पन्न भएको हो । स्थानीय तहको स्वास्थ्य कार्यक्रमहरुको प्रगतिको तुलनात्मक विश्लेषण, गत आर्थिक वर्षको समिक्षामा पहिचान भएका समस्याको प्रगति तथा कार्यक्रमबाट भएका उपलब्धी र देखिएका समस्याहरु पहिचान गरि सुधार गर्ने पक्षहरुको आगामी आर्थिक वर्षमा सम्बोधन गर्नका लागि बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । त्यस्तै स्वास्थ्य संस्थामा जनशक्तिको विवरण र चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका लागि यो कार्यक्रम आयोजना गरिने गरेको पालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले जानकारी दिए। उनका अनुसार कार्यक्रममा पालिका मातहतका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८१ ,०८२ ...
चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

चीनले सार्वजनिक गर्‍यो विश्वकै पहिलो सिक्सजी चिप : ५ हजार गुणा तीव्र इन्टरनेट, ग्रामीण क्षेत्रसम्म पहुँच

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गर्दै सूचना प्रविधिमा पुनः आफ्नो नेतृत्व कायम गरेको छ। यस चिपमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट पुर्‍याउन सकिने दाबी गरिएको छ। बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त प्रयासमा बनेको यो चिप लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनामा आधारित छ। अध्ययन प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित भएको हो। यस चिपले विद्यमान इन्टरनेट भन्दा करिब ५ हजार गुणा तीव्र स्पीड दिनेछ। साथै, यसले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सम्पूर्ण स्पेक्ट्रममा काम गर्ने क्षमता राख्दछ। यसको आकार केवल ११ मि.मि. × १.७ मि.मि. रहेको छ। यो प्रविधिले मोबाइल, कम्प्युटर र स्मार्ट उपकरणमा उत्कृष्ट कनेक्टिभिटी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, विज्...
केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो । प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन । देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्स...
‌‍आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

‌‍आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्य स्थान र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर अवस्थित छ। सिक्किम आसपास बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालमा विशेषगरी पूर्वी भूभागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य ठाउँमा आंशिक बदली छ। आज दिउँसो देशका पहाडी भागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। आज राति कोशी र मधेस प्रदेशसहितका पहाडी भागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना छ। महाशाखाले विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्...
आज नेपालमा खग्रास चन्द्रग्रहण

आज नेपालमा खग्रास चन्द्रग्रहण

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार नेपालसहित एसियाका धेरै देशबाट खग्रास चन्द्रग्रहण देखिन लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिलाई ग्रहण नहेर्न सल्लाह दिइएको छ। राशिअनुसार कोहीलाई लाभ त कोहीलाई कष्ट हुने फलादेश गरिएको छ। पौराणिक मान्यताअनुसार आइतबार दिउँसो १:११ बजेदेखि सुतक लाग्ने र ग्रहण अवधिमा भोजन, शयन र मैथुन निषेध गरिएको छ। मन्त्रजप र हवनलाई भने उपयुक्त मानिएको छ।...
एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चलेर आज सकिँदैछ। महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० समूहमा विभाजन गरेर प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूले छलफल गरेका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो समूहगत प्रतिवेदन तयार गरिरहेका छन्। आइतबार यी प्रतिवेदन समूह नेतामार्फत महाधिवेशन हलमा प्रस्तुत गरिनेछ। शनिबार दिनभर चलेको छलफलपछि प्रतिवेदन लेखन सुरु भएको एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागीहरूले दिएका सुझावलाई आधार बनाएर प्रतिवेदन लेखिएको उनले बताइन्। पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार सबै प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासामा जवाफ दिनेछन्। ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज