निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन
बझाङ,
बझाङको मष्टा गाउँपालिका–१ मा अवस्थित निलकमल महिला बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामाथि वर्षौंदेखि बचतकर्ताको रकम हिनामिना र दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।
वि.सं. २०६७ सालमा तत्कालीन कोटदेवल गाविसमा स्थापना भएको सहकारीले पारदर्शी हिसाब–किताब नगरी, आन्तरिक अडिटमा देखिएका त्रुटिहरू लुकाउने र नियम विपरीत खर्च गर्ने जस्ता गतिविधि गर्दै आएको बचतकर्ताहरूको आरोप छ।
सहकारीकी अध्यक्ष विमला रावलसहित पदाधिकारीहरूले मिलेमतो गरी संस्थाको कोष दुरुपयोग गरेको पीडितहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि सहकारी नेतृत्वले बेवास्ता गरेको र स्थानीय सरकारले समेत चासो नदिएको छ।
“हामीले पसिनाको पैसा विश्वास गरेर बचत गरेका थियौँ, तर अहिले रकम फिर्ता पाउने कि नपाउने अनिश्चित छ,” एक बचतकर्ताले बताए।
स्थानीय महिलाहरूले सहकारीले मनपरी ढंगले १...



