Advertisement

Day: २०८२ भाद्र ७, शनिबार २२:४६

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री निर्विरोध चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न महासंघको प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश समिति गठन गरेको हो। जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्वअध्यक्ष खत्री नेतृत्वको समितिमा रघुबीर पार्की, चन्द्रबहादुर बोहरा र हिक्मतबहादुर शाही उपाध्यक्ष भएका छन्। त्यस्तै, सचिवमा सविन गिरी, सहसचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउद निर्विरोध चयन भएका छन्।...
स्व.काकी र भाईको सम्झनामा रास्वपा नेता ऐडीद्वारा सत्यवादी माविलाई खेलकुद सामग्री हस्तान्तरण

स्व.काकी र भाईको सम्झनामा रास्वपा नेता ऐडीद्वारा सत्यवादी माविलाई खेलकुद सामग्री हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
समीर कठायत,बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिका–२ जयपृथ्वी नगर मेल्लेखस्थित सत्यावादी माध्यमिक विद्यालयलाई शनिबार एक विशेष समारोहका बीच शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। १४९ औँ जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख मुकेश बहादुर ऐडीले आफ्नी स्वर्गीय काकी रुमला ऐडी र भाई उदिप ऐडीको सम्झनामा सामग्री हस्तान्तरण गरेका हुन्। विद्यालयलाई ९–९ सेट पुरुष तथा महिला खेलकुद पोशाक, ३ वटा भलिबल, १ वटा भलिबल नेट र १ वटा पम्प प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। सामग्री हस्तान्तरणसँगै विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि प्रोत्साहन मिल्ने विश्वास विद्यालयका शिक्षकहरूले व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री भानुभक्त जोशीले शिक्षा र खेलकुदलाई समानान्तर र...
शिक्षा क्षेत्रमा बोहराको योगदान, डडेल्धुरा क्याम्पसमा अक्षय कोष स्थापना

शिक्षा क्षेत्रमा बोहराको योगदान, डडेल्धुरा क्याम्पसमा अक्षय कोष स्थापना

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- शिक्षाको ज्योति फैलाउन निरन्तर सक्रिय रहेका एफबी एजुकेशनल इन्स्टिच्युट प्रा.लि. डडेल्धुराका सञ्चालक तथा समाजसेवी मदन बहादुर बोहरा (एमबी) ले डडेल्धुरा बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गरेका छन्। बोहराले क्याम्पस प्रमुख लालबहादुर बुढालाई नगद १० हजार ५५ रुपैयाँ हस्तान्तरण गर्दै औपचारिक रूपमा कोषको सुरुवात गरेका हुन्। अक्षय कोषलाई ऐतिहासिक कदमको संज्ञा दिंदै क्याम्पस प्रमुख बुढाले भने, “बोहराजीको यो योगदानले विद्यार्थीहरू मात्र नभई सम्पूर्ण शैक्षिक परिवारलाई प्रेरणा दिनेछ। यसले अन्य सामाजिक अगुवाहरूलाई पनि शिक्षामा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास लिएको छु।” २०७८ चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि शिक्षा र सामाजिक सेवाप्रतिको बोहराको निरन्तर प्रतिबद्धता यस अक्षय कोषमार्फत पुनः प्रमाणित भएको क्याम्पस प्रमुख बुढाले बताए। उनका अनुसार, आवश्यक क...
आज यी चार प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज यी चार प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर आज दिनभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा पर्न सक्ने सम्भावना छ। महाशाखाका अनुसार देशका पहाडी भागका केही ठाउँमा र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने देखिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा दिउँसो ठूलो पानी पर्ने अनुमान गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेकाले आज मनसुन गतिविधि केही बढ्ने देखिएको मौसमविद्हरूले बताएका छन्। गएराति र हिजो बेलुका काठमाडौं उपत्यकासहितका केही स्थानमा ठूलो पानी परेको थियो। आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्...
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन : घर–घरमा कुश भित्र्याइँदै

आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन : घर–घरमा कुश भित्र्याइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ भने अरू दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोगयोग्य हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मानिन्छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो। पितृसम्मान यसै दिन छोराछोरीले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाई आदर–सम्मान व्यक्त गर्ने प्रचलन छ। बाबु दिवङ्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज