सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने
बझाङ- राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छविसपाथिभेरा गाउँपालिका–२ स्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ ७ र ८ गते विद्यालय परिसरमै छविसपाथिभेरा गाउँपालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ।
राजा जयपृथ्वीका मानवतावादी सोच र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शारीरिक, बौद्धिक र सांस्कृतिक क्षमताको अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धात्मक वातावरणमा सहभागी बनाउँदै समावेशिता, अनुशासन र प्रतिभा विकासमा जोड दिएको यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो सीप र सोच प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ।
प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्न सहभागीहरूको उमेर, कागजात र अनुभवका आधारमा स्पष्ट शर्तहरू तय गरिएको छ, जसले विद्यालयस्त...





