देउरा बजारमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सम्पन्न
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र देउरा बजारमा डेंगु रोगविरुद्ध सचेतना फैलाउने सरसफाइ अभियान सञ्चालन गरिएको छ।
यश श्रावण महिनालाई ‘डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप बजार क्षेत्रमा लामखुट्टे नष्ट गर्ने र सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको हो।
कार्यक्रमको आयोजना केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले गरेको थियो। यस अभियानमा देउरा बजार व्यवस्थापन समिति, रायल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मी टोली, गाउँपालिका कर्मचारी, वडा नं. १ का वडा अध्यक्ष बीरबहादुर भण्डारी, स्थानीय व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत खुला ढल, पानी जम्ने स्थान, प्लास्टिकका फोहोर, डब्बा जस्ता लामखुट्टे प्रजनन स्थलहरू नष्ट गरिए। साथसाथै, बजार क्षेत्र सरसफाइ गरेर डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रयास गरिएको हो।
स्वास...




