दार्चुलामा मन्दिर गेटमै फोहोरको थुप्रो, सभ्यतालाई गिज्याउने दृश्य
दार्चुला- सदरमुकाम खलङ्गास्थित मालिकार्जुन मन्दिर जाने मुख्य प्रवेशद्वार नजिकै रहेको बाटो अहिले फोहोरले ढाकिएको छ । श्रद्धालु भक्तजन यहीँबाट मन्दिर प्रवेश गर्छन् भने सर्वसाधारणको पनि दैनिक आवतजावत यहीँबाट हुन्छ । तर, मन्दिरको गेटमै थुप्रिएको फोहोरले धार्मिक तथा सांस्कृतिक स्थलमा गम्भीर बेइज्जती गरेको छ ।
यो त प्रतिनिधि दृश्य मात्रै हो । बजारभरि यस्तै फोहोरका थुप्रा देखिन्छन्, जसले नगरको सभ्यतालाई निरन्तर गिज्याइरहेको छ । घर वरिपरि सफा राख्ने, तर सार्वजनिक बाटोमै फोहोर फाल्ने मानसिकता कहिले सुध्रिन्छ ?
स्थानीय बासिन्दा र मन्दिर आउने श्रद्धालुहरूले बारम्बार गुनासो गर्दै आएका छन् कि बाटो छेउमै फोहोर राख्दा दुर्गन्ध फैलिन्छ र वातावरण दूषित हुन्छ ।
यस अवस्थामा महाकाली नगरपालिकाले तुरुन्तै कदम चाल्नु आवश्यक छ । नगरको सबै क्षेत्रलाई समेट्ने गरी डस्टविनको व्यवस्था गरिनुपर्छ र सार्वजनिक स्...



