समयमै विवाह गरी सन्तान जन्माउनुस् : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका सँगसँगै जनसंख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।
विश्व जनसंख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे। कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको थियो।
प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगसँगै हुनुपर्नेमा जोड दिंदै सन्तान उत्पादनलाई धर्ती र मानव सभ्यताप्रतिको उत्तरदायित्वको रूपमा लिनुपर्ने बताए।
मानव जातिको अस्तित्व जोगाउन उपयुक्त नीति र कदम आवश्यक छन्," उनले भने, "सृष्टिको सिर्जनाका लागि मानवजति मूल्यवान अरु केही छैन।"
उनले जनसंख्याबारे सेमिनार र गोष्ठी गर्ने तर अर्कोतर्फ विनाशका हतियार बनाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो द्वैध चरित्रले मान...




